Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोटरसाइकलको सिटमुनीबाट अफिम बरामद, चालक पक्राउ

मोटरसाइकलको सिटमुनीबाट अफिम बरामद, चालक पक्राउ


  • 1.3K
    Shares

    • images
    मोटरसाइकलको सिटमुनीबाट अफिम बरामद, चालक पक्राउ


    काठमाडौं । बारा प्रहरीले दुई किलो ९९ ग्राम लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका ६ गम्हरियाका ३२ वर्षीय सरोज प्रसाद साह छन् ।

    उनलाई जीतपुर सिमरा उप-महानगरपालिका २१ अमलेखगंजबाट नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

    उनका अनुसार हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा अफिम बरामद भएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको छ ।

    साहले मोटरसाइकलको सिटमुनी प्लास्टिकको पोका पारेर अफिम लुकाए थिए । उनीमाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको डिएसपी पण्डितले बताए ।

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १२:०१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij