२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अछामको जयगढ बजारमा आगलागी भएको छ । आगलागीमा २७ वटा घर जलेका भने आगोबाट ७ करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।
आइएमई केन्द्रको सिलिन्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको छ । जलेको २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेको पाइएको छ। आगलागीबाट ७ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको अछामको प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको भण्डारीले जानकारी दिएका छन्
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij