Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

कालिका भगवती मन्दिरमा चैते दशैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन

कालिका भगवती मन्दिरमा चैते दशैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन


  • 1.3K
    Shares

    कालिका भगवती मन्दिरमा चैते दशैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन

    बागलुङ । चैते दशैँको अवसरमा कालिका भगवती मन्दिरमा ४२ लाख ६३ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर उक्त रकम सङ्कलन भएको हो ।

    गत वर्षको तुलनामा यस वर्ष दुई लाखभन्दा बढी भेटी सङ्कलन भएको हो । गण्डकी प्रदेशको प्रमुख शक्तिपीठमध्येको ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दशैँको अवसरमा यस वर्ष सात लाखभन्दा बढी दर्शनार्थी आएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

    ‘चैते दशैँको मुख्य दिनमा अहिलेसम्मकै धेरै भक्तजन र अहिलेसम्मकै धेरै भेटी सङ्कलन भएको छ’, खड्काले भने, ‘अष्टमीमा एकै दिन तीन लाखभन्दा बढी भक्तजन आएका थिए, उक्त दिन ट्राफिक व्यवस्थापनमा समेत हम्मेहम्मे परेको थियो ।’

    बागलुङ कालिका मन्दिरमा बडादशैँ र चैतेदशैँ अनि शनिबार र मङ्गलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ ।

    images
    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ०६:४३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij