Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कुवेतमा कोरोना : नेपाली कामदारलाई सतर्कता अपनाउन दूतावासको आग्रह

कुवेतमा कोरोना : नेपाली कामदारलाई सतर्कता अपनाउन दूतावासको आग्रह


  • 7.8K
    Shares

    कुवेतमा कोरोना : नेपाली कामदारलाई सतर्कता अपनाउन दूतावासको आग्रह

    काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न आग्रह गरेको छ । कुवेतमा कोरोना संक्रमण दर बढिरहेको र संक्रमणबाट ज्यान गुमाउनेको संख्यासमेत बढिरहेको कारणले दूतावासले उक्त आग्रह गरेको हो ।

    दूतावासले सूचनामार्फत त्यहाँ रहेका नेपाली समुदायलाई कुवेत सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण पालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

    त्यस्तै, दूतावासले सामाजिक दूरी कायम गरी भीडभाड नगर्न र भीडभाडमा नजान, मास्क तथा पन्जाको प्रयोग गर्न, साबुन पानीले पटक–पटक हात धुन अर्थात् ह्याण्ड स्यानिटाइजरले नियमितरूपमा हात सफा गर्न आग्रह गरेको छ ।

    Untitled-1.jpg

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १६:०५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij