Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बागलुङको एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङको एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि


  • 4.1K
    Shares

    बागलुङको एउटै विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि

    बागलुङ । बागलुङको एक विद्यालयका ३९ शिक्षक र विद्यार्थीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ ।

    बागलुङ नगरपालिका– १४ बलेवास्थित जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा संक्रमण देखिएको हो ।

    स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जना संक्रमित भेतिएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

    संक्रमितलाई घरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगे भन्ने विद्यालयलाई जानकारी छैन ।

    यता संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि विद्यालय बन्द गर्नेबारे नगरपालिकाले अझै निर्णय गरेको छैन ।संक्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १६:००:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij