Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजको मौसम

आज बागमतीसहित तीन प्रदेशमा चट्याङसहित पानी पर्ने

आज बागमतीसहित तीन प्रदेशमा चट्याङसहित पानी पर्ने


  • 1.8K
    Shares

    • images
    आज बागमतीसहित तीन प्रदेशमा चट्याङसहित पानी पर्ने

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

    देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार कोशी लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

    देशका धेरै स्थानहरूमा लामो समयदेखि वर्षा नभएको कारण सुख्खापन, आगलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ०६:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij