२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आज चैत २५ ट्रेड टावरले आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ। बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएसगैं सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ।
आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij