Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षकको आन्दोलन

मुखमा कालो मास्क लगाएर मौन प्रदर्शनमा उत्रिए शिक्षक

मुखमा कालो मास्क लगाएर मौन प्रदर्शनमा उत्रिए शिक्षक


  • 1.5K
    Shares

    • images
    मुखमा कालो मास्क लगाएर मौन प्रदर्शनमा उत्रिए शिक्षक

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन् । शिक्षकहरूले सोमबार काठमाडौंको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । 

    काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।

    आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रित भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

    आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ । 

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १४:०३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij