२०८२ फाल्गुण ३० गते शनिवार
दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ ।
राप्ती गाउँपालिका–५ कालापानी निवासी पुनाम सुनारकी एक वर्षकी छोरी बिना सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।
सोमबार बेलुका खाना पकाउने क्रममा अगेनाबाट आगो कपडामा सल्किँदा आमा र बालिका जलेर घाइते भएका थिए । लमही अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको हो ।
आमा पुनामको उपचार चलिरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण आमाको उपचारमा समस्या परेको स्थानीय खिमबहादुर केसीले बताए ।
‘घरमा खाने खर्च छैन । उपचारको लागि कसरी रकम जम्मा गर्न सक्छन्’ केसीले भने, ‘कतैबाट उपचार खर्च जुटे सजिलो हुने थियो ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij