Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मंगलबारदेखि लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन

मंगलबारदेखि लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन


  • 967
    Shares

    • images
    मंगलबारदेखि लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन

    काठमाडौं ।  लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन चैत २६ गतेदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराको साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको छ । उक्त सम्मेलन जानकारी आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान०ले दिएको छ ।

    दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदैछन् भने सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणको लागि गहन छलफलमार्फत उपयुक्त जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिको आईक्यानले जानकारी दिएको छ ।

    कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

    ४ जनाले प्रस्तुति दिनेछन् भने ७ सत्रमा ३५ वक्ता सहभागी हुनेछन् । ५ जना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताए। उक्त सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब १ हजारको सहभागिता रहने अनुमान  छ ।

     

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - १०:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij