२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । बससेवाले नयाँ वर्ष अफर चैत २४ देखि ६ वैशाखसम्म लागू हुने भएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा बससेवाले विभिन्न अफर सार्वजनिक गरेको छ । हरेक टिकट काट्दा अधिकतम ५०० रुपैयाँसम्म नगद तत्कालै यात्रुको वालेटमा फिर्ता आउनेछ ।
मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी विभिन्न गन्तव्यको बसको सिट बुक गर्न सक्ने छन् ।निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ कम्पनिले जानकारी दिएको छ ।
बससेवा मार्फत बसको टिकट काट्ने यात्रुहरू यस योजनामा सहभागी हुन सक्ने छन् भने अफरको बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले ८२ हजार रुपैयाँ नगद उपहार पाउने भएको छन् ।
यसैगरी, ४ जना विजेताले ८ हजार २०० रुपैयाँ नगद जित्न सक्ने बससेवाले जनाएको छ भने अफर अवधिभरमा टिकट काट्नेमध्ये ८२ जनाले निःशुल्क टिकट प्राप्त गर्नेछन् र हरेक टिकट बुकिङमा ५०० रुपैयाँसम्मको क्यासब्याक अफर राखिएको छ ।
नगद उपहार र निःशुल्क टिकट योजनामा एउटा एकाउन्टबाट काटिएको एउटा टिकट मात्र समावेश हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij