२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१५ गुरुधाममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतबार बिहान कुखुरा फर्मबाट लागेको आगोले स्थानीय महावीर कटुवालको २ तले घर जलेर नष्ट भएको हो ।
आगलागीबाट कटुवालको दुई तले (एक तला पक्की र माथिल्लो तला काठले बनेको टिनको छानो भएको) घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए ।
बिहान ४ बजे घरसँगै रहेको कुखुराको फार्मबाट सल्केको आगो बिहान ६ बजे स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेको नगद ६ लाख, ५ तोला सुन, ५ तोला चाँदी, फर्निचर, अन्नपात, भाँडाकुँडा र लत्ताकपडाका जलेर जलेर नष्ट भएको छ ।
कुखुरा फार्ममा रहेका ५५० वटा कुखुरा आगलागीमा परी मरेका छन् । आगलागीबाट अन्दाजी ९९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij