Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

Samsung ले नेपालमा ल्यायो नयाँ Galaxy M16 5G आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्स सहित

Samsung ले नेपालमा ल्यायो नयाँ Galaxy M16 5G आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्स सहित


  • 1.1K
    Shares

    • images
    Samsung ले नेपालमा ल्यायो नयाँ Galaxy M16 5G  आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्स सहित

    काठमाडौं ।  Galaxy M16 5G मा नयाँ डिजाइन, Super AMOLED डिस्प्ले, ६ वर्षको सुरक्षा अपडेट र ६ वर्षको OS अपग्रेड Samsung Nepal ले आफ्नो चर्चित M series मा नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G सार्वजनिक गरेको छ।

    यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको छ, जसले हरेक प्रयोगकर्तालाई नयाँ सम्भावनाको ढोका खोल्नेछ। Galaxy M16 5G मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ, जसले M सिरिजको परम्परालाई निरन्तरता दिएको छ। नयाँ डिजाइनसहितको Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको छ भनी Samsung Nepal का निर्देशक प्रणय रत्न स्थापितले बताए। 

    Monster Displa

    Galaxy M16 5G मा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ – Gen Z र millennial का लागि एकदम उपयुक्त।

    Monster Design

    नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। तीन रंगमा उपलब्ध: Blush Pink, Mint Green, र Thunder Black

    Monster Performance & Connectivity

    Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ।

    Monster Camera

    50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

    Monster Battery

    5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।

     

    Monster Galaxy Experience

    Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र Voice Focus जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

    मूल्य र उपलब्धता

    Samsung Galaxy M16 5G नेपालभरका Samsung को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंग: Black, Light Green, र Light Pink,  डिभाइस RAM/Storage रंग मूल्य Galaxy M16 5G 6GB/128GB Black, Light Green, Light Pink NPR २६,९९९ 

     

     

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ११:०६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij