२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । श्रोतका अनुसार हिमानीमा पनि संक्रमण देखिएको छ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । पूर्वराजा भारत बाट आइतबार मात्र स्वदेश फर्किएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij