२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आइतबार बजारमा सुनको मूल्य १९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । आज सुनको मूल्य प्रतितोलामा १९०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ भने शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १८०० रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij