Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते


  • 1.6K
    Shares

    • images
    अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

    अर्घाखाँचीमा गएराति जिप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। 

    जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    मृत्यु हुनेमा जिप चालक मालारानी गाउँपालिका- ४ का २२ वर्षीय दिलिप खनाल र सोही ठाउँका २१ वर्षीय बालकृष्ण रिजाल छन्।

    ‘दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ,’ इन्सपेक्टर अधिकारीले भने, ‘राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको अनुमान हामीले गरेका छौँ। तर, हामीलाई दुर्घटनाको खबर आज बिहान साढे ३ बेतिर मात्रै आएको हो।’

    नजिकै घरहरु नभएकाले दुर्घटनाको खबर प्रहरीलाई समयमै नपुगेको उनले बताए।  ‘दुर्घटनास्थल नजिकै मालारानी गाउँपालिकाको कार्यालय मात्रै छ, तर त्यहाँ पनि मान्छे बस्दा रहेनछन्,’ उनले भने। 

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - ०७:०६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij