Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

को हुन् रवि लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी ?

को हुन् रवि लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी ?


  • 3.0K
    Shares

    • images
    को हुन्  रवि लामिछानेलाई ‘अन्तिम इच्छा’ सोध्ने प्रहरी ?

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्न घरमै पुगेका एकजना प्रहरी कर्मचारीको बोली अहिले सामाजिक सञ्जालमा भाइरल छ ।  

    जसमा काठमाडौंको हात्तिगौडास्थित रविको घरमा पुगेको प्रहरी टोलीको एक जनाले रविको ‘अन्तिम इच्छा’ सोधेको कुरा अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।  

    पक्राउ गर्न साधा पोसाकमा पुगेका ती प्रहरी कर्मचारी हुन डिएसपी दीपक खड्का । उनले  रवि लामिछानेको  ‘अन्तिम इच्छा’ पूरा गर्न दिने भनेपछि विवाद भएको थियो ।

    कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनलाई र्‍याखर्‍याख्ती पारेका थिए । पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको स्पष्टीकरण दिएका थिए ।

    डिएसपी दीपक खड्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिएसओका रुपमा समेत खटिएका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको इन्चार्ज रहँदा उनी कारबाहीमा समेत परेका थिए । त्यतिबेला उनीमाथि आर्थिक प्रलोभनमा परेको गम्भिर आरोप लगाइएको थियो । उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप लागेको थियो । 

    प्रकाशित मिति :चैत्र २३ २०८१ शनिवार - १३:४२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij