Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अब तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिन समितिको निर्देशन

अब तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिन समितिको निर्देशन


  • 1.6K
    Shares

    • images
    अब तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिन समितिको निर्देशन

    काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था समितिले तीनकुने घटनाको छानबिन गरी आवश्यक कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

    आजको बैठकमा गृहमन्त्री रमेश लेखक पनि उपस्थित थिए । समितिले अब तीनकुनेमा कार्यक्रम गर्न नदिन पनि सरकारलाई निर्देशन दियो ।  प्रहरीलाई स्रोत–साधनयुक्त बनाउन भन्दै समितिले बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयलाई अभिभावकीय भूमिका निभाउन पनि निर्देशन दिएको छ । 

    आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ । 

    समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत सुरक्षा निकायलाई साधन श्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । 

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १४:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij