Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राप्रपाको महाधिवेशन सर्‍यो, जेठ २२ देखि २५ गतेसम्म

राप्रपाको महाधिवेशन सर्‍यो, जेठ २२ देखि २५ गतेसम्म


  • 6.4K
    Shares

    राप्रपाको महाधिवेशन सर्‍यो, जेठ २२ देखि २५ गतेसम्म

    काठमाडौं । राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।

    केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२-२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए । यसअघि २५-२८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो । बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ ।

    वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।

    यसपटक राप्रपाले सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन गर्ने गरेको थियो । महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १२:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij