Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?


  • 1.3K
    Shares

    लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले आर्थिक वर्ष २०८०/८१ को नयाँ बोनस दरको घोषणा गरेको छ।  

    आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा बीमांकीबाट तयार भएको बीमांकीय प्रतिवेदन चैत १७ गतेको पत्रमार्फत स्वीकृत भई बीमालेखहरुमा दिने बोनस दर  घोषण भएको हो । कम्पनिले  प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ। 

    धन वृष्टि बीमा योजनामा प्रतिहजार १० वर्षे अवधिका लागि ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ,  धन र्फिता बीमा योजनामा ५६ रुपैयाँदेखि ६० रुपैयाँ, जीवन तरंग बीमा योजनामा ५० रुपैयाँदेखि ५५ रुपैयाँ, जीवन आनन्द बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ६० रुपैयाँ, बाल सावाधिक बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म र जीवन बचत बीमा योजनामा ४१ रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसको घोषणा गरेको छ। 

    बाल ममता र बाल स्नेह बीमा योजनामा ५५ रुपैयाँदेखि ५७ रुपैयाँ, धन र्फिता बीमा योजनामा ५६ रुपैयाँदेखि ६० रुपैयाँ, जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँ र लघु सावधिक बीमा योजनामा सबै बीमा अवधिमा ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। 

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १२:५६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij