Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

म्यानमारका भूकम्पपीडितलाई मेडिकल राहतसहित नेपाली सेनाको टोली प्रस्थान

म्यानमारका भूकम्पपीडितलाई मेडिकल राहतसहित नेपाली सेनाको टोली प्रस्थान


  • 1.9K
    Shares

    म्यानमारका भूकम्पपीडितलाई  मेडिकल राहतसहित नेपाली सेनाको टोली  प्रस्थान
    images

    काठमाडौं । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान  गरेको छ।

    नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो।  प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन-२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो।

    विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू संलग्न छन्।

    उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने नेपाली सेनाले जनाएको छ।

    army.jpg

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - १३:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij