Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

आज काठमाडौंको वायु प्रदूषण विश्वकै दोस्रो नम्बरमा

आज काठमाडौंको वायु प्रदूषण विश्वकै दोस्रो नम्बरमा


  • 1.7K
    Shares

    • images
    आज काठमाडौंको वायु प्रदूषण  विश्वकै दोस्रो नम्बरमा

    काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो ।

    आइतवारदेखि निकै अस्वस्थकर भएको काठमाडौँको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौँ विश्वको प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ ।

    इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण एक्यूआई आज ३५३ छ ।

    त्यसैगरी वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ । त्यहाँको वायुको एक्यूआई आज १७८ छ ।

    विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुवाँको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको जानकारहरूको भनाई छ ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ०९:४५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij