Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि

कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि


  • 1.8K
    Shares

    • images
    कालिका मन्दिरमा धार्मिक पर्यटक वृद्धि

    बागलुङ । चैते दशैँ सुरु भएसँगै बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

    चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिले भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

    चैते दशैँका अवसरमा चैत २० गतेदेखि मेलासमेत आयोजना गरिएको छ । भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    मेला आयोजनाका लागि ५५ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।  मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गरेका छन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनुका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ ।

    मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उनले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ०७:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij