Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने


  • 1.9K
    Shares

    • images
    शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ ।

    गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

    महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए ।

    गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ ।  आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी हुने उनको दाबी छ ।

    आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ०६:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij