२०८२ भाद्र १ गते आइतवार
मेष
आर्थिक लाभ प्राप्त हुन्छ । मनोवान्छित फलहरु पनि प्राप्त हुनेछन । दुविधाहरु हटेर जानेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।
बृष
शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु हटेर जानेछन । मन प्रशन्न रहने भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ । भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला ।
मिथुन
अनावश्यक यात्राले मन चिन्तित रहनेछ । स्वास्थ बिग्रन सक्छ ख्याल गर्नुहोला । आजमा कठिनाइ हरु आइपर्लान । गाइलाइ घाँस खुवाएर अथवा गाईमाता लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ ।
कर्कट
आम्दानी बड्नाले मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यमा सरिक हुने योग रहेको छ । सप्तरिषीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
सिंह
आज गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । कार्यशैली मजबुत हुनुका साथसाथै पारिवारिक मेलमिलापको समय पनि छ । भगवान गणेशको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
कन्या
धर्मकर्ममा मन जानेछ । घरमा माङ्गलिक कार्य हुने समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । शैक्षिक छेत्र मजबुत रहनेछ । भगवान लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।
तुला
यात्रा गर्दा ध्यान दिनुहोला । शारीरिक एबम मानसिक तनाब बढेर जानेछ । चोटपटको भए पनि रहेको छ । सचेत रहनुहोला । भगवान बटुक भैरवको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हटेर जानेछ ।
बृश्चिक
मीठो भोजन प्राप्त होला । शत्रुहरु मित्र बनेर सहयोग गर्न तत्पर हुनेछन ।। आजको दिन प्रेमिल रहनेछ । पतिपत्नीमा प्रेमको स्तर बढेर जानेछ । भगवान राधाकृष्णको चरणकमलको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
धनु
शत्रुहरु बढेतापनि बिजयी भइनेछ । रिणको भार कमहुने योग रहेको छ । रोगव्याधी हटेर जानेछ । कृषि कार्यमा मन जानेछ ।। भगवती देविको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।
मकर
शिक्षामा सफलता भाग्यमा बढोत्तरी हुने समय रहेको छ । सन्तानबाट सुख मिल्नेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ ।। आज पारिवारिक रमझम रहला । देवराज इन्द्रको स्मरण गरेर कार्यारम्भ गर्नुहोला । दिन मजबुत रहनेछ ।
कुम्भ
पारिवारिक बेमेल बुने देखिन्छ । मन अशान्त रहला । सोचेको कुरा प्राप्त नहुदा मन दुख्नेछ ।। छालासम्बन्धी रोगले सताउला । मातृसुखको कमि महसुस हुनेछ । गौरी आदि १६ मातृकाको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
मीन
पराक्रम बढ्नुका साथसाथै मनमा उत्साह छाउनेछ । पारिवारिक सुखको अनुभुती प्राल्त होला । मनमा अध्यात्मिक शान्तिको आभास हुनेछ । छोटो दुरिको यात्रा पनि होला । पिङ्गला आदि योगिनीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij