२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएको सविन महर्जनको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको छ ।
राजावादीको हिंसात्मक प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जानकारी दिएको थियो ।
महर्जनको आजै अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij