Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै, अन्त्येष्टि भोलि काठमाडौंमा

सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै, अन्त्येष्टि भोलि काठमाडौंमा


  • 1.5K
    Shares

    • images
    सांसद बोहराको शव हेलिकप्टरबाट भैरहवा लगिंदै, अन्त्येष्टि भोलि काठमाडौंमा

    काठमाडौं । सांसद दीपक बोहराको शव सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए ।

    भोलि बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालय ल्याइने चन्दले बताए। उनका अनुसार दिनभरि पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

    राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको थियो । ७६ वर्षीय बोहरा रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित सांसद हुन् ।

    पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित भएका थिए । संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो ।

    पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १२:१५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij