Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

चुडामणि चापागाईं बने नेप्सेको सीइओ

चुडामणि चापागाईं बने नेप्सेको सीइओ


  • 876
    Shares

    • images
    चुडामणि चापागाईं बने नेप्सेको सीइओ

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

    चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले सीइओमा चापागाई नियुक्त गरेको हो ।

    अर्थमन्त्रालय स्रोतले भन्यो, ‘चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । लुइटेललाई सीइओ बनाउने मन्त्रिपरिषद्मा माइन्युट नभएको र धेरै विरोध भएकाले चापागाईलाई सोमबार बसेको मत्रिपरिषद्ले सीइओ नियुक्त गरेको हो । सञ्चार मन्त्रीले निर्णय सार्वजनिक गर्न बाँकी नै छ । तर, चापागाई सीइओ नियुक्त भएका हुन् ।’

    नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ११:४१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij