Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने


  • 1.2K
    Shares

    • images
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने

     काठमाडौं । मंगलबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि हिजोसम्म दैनिक १४ घण्टा रहेको थियो भने आजदेखि आज (मंगलबार) देखि दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । 

    यसअघि सञ्चालन समय बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो भने अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे देखि राति १२ बजे बन्द हुने भएको छ । विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको मापदण्डअनुसार कायम गर्न सक्ने अवस्था वृद्धिएको विमानस्थल कार्यालयको प्रमुख जगन्नाथ निरौलाले बताएका छन्।

    सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा र बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - ११:१९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij