२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । पत्रकार, लेखक र कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य स्व. कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ ।
वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको थियो । मङ्गलवार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।
कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए । ०४७ पछि एमाले निकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनले ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु, जनआस्था र बुधबार लगायतका साप्ताहिक पत्रिकामा स्तम्भकारका रूपमा कलम चलाउँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij