Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले वाइल्ड कार्ड इन्ट्रीबाट तहल्का पिट्दै

सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले वाइल्ड कार्ड इन्ट्रीबाट तहल्का पिट्दै


  • 2.8K
    Shares

    सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले  वाइल्ड कार्ड इन्ट्रीबाट  तहल्का पिट्दै

    काठमाडौं । गायन रियालीटी सो सिङ्गीङ स्टार नेपालमा यतीबेला कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले तहल्का नै पिटेका छन् । आइतवार राती ९ बजे प्राइम टेलीभिजनबाट प्रशारीत रियालीटी सो सिङ्गीङ स्टार नेपालमा वाइल्ड कार्ड इन्ट्री बाट पुनः छनौट भएका योगेन्द्रले जजहरुको मन जित्नुका साथै दर्शकहरुबाट पनि प्रशंसा बटुलेका छन् ।

    यतीबेला योगेन्द्रको चर्चा जताततै भइरहेको छ । आफ्नो प्रस्तुती पछी प्रतिक्रया दिने क्रममा निर्णायक अर्जुन पोख्रेलले गितको एक टुक्का पुनः गाउन अनुरोध गर्नुभयो । उहाँले आफ्नो श्रीमती रिसाए योगेन्द्रको गित पठाएर फकाउने प्रतिक्रिया दिनुभएको छ । योगेन्द्रको गायीकीको प्रशंसा गर्दै नेपाली गित संगितले मखमली आवाज भेट्टाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

    “पखाइमा भिज्यो सिरानी” बोल गित गाएका योगेन्द्रको प्रशंसा गर्दै निर्णयक तृसला गुरुङले गायक राजु लामाको गित सबैले गाउन नसक्ने बताउनुभयो । केही ठाउँमा भएको राम्रोपन योगेन्द्रको गायीकीमा राम्रो पक्ष भएको उहाँले बताउनुभयो । उहाँले दर्शकहरुलाई समेत योगेन्द्रलाई भोट गर्न आग्रह गर्नुभयो ।

    यस्तै कार्यक्रमका निर्णायक सनुप पौडेलले अडिसन राउण्डमा मन पराएको आवाज बाहिरीएर पुनः आएको देख्दा खुशी ब्यक्त गर्नुभयो । योगेन्द्रले गाएको गितले एउटा फमबाट अर्को फममा पुराएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

    डिजिटल अडीसन हुदै फिजिकल अडीसन बाट बाहिरीएका योगेन्द्रले वाइल्ड कार्ड इन्ट्रीबाट आफ्नो प्रस्तुती देखाउने मौका पाउँदा कुनै कसर बाँकी नराखेको बताएका छन् । उनले भोटीङ राउण्ड खुल्ला भैसकेको बताउदै भोट गर्न ब्दभलतयश एपमा गएर भोट गर्न सबैलाई आग्रह गरेका छन् ।

    download.jpg

     

    images
    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १०:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij