Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले वाइल्ड कार्ड इन्ट्रीबाट तहल्का पिट्दै

सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले वाइल्ड कार्ड इन्ट्रीबाट तहल्का पिट्दै


  • 2.3K
    Shares

    सिङ्गीङ स्टार नेपालमा कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले  वाइल्ड कार्ड इन्ट्रीबाट  तहल्का पिट्दै
    images

    काठमाडौं । गायन रियालीटी सो सिङ्गीङ स्टार नेपालमा यतीबेला कञ्चनपुरका योगेन्द्र पौडेल “राग” ले तहल्का नै पिटेका छन् । आइतवार राती ९ बजे प्राइम टेलीभिजनबाट प्रशारीत रियालीटी सो सिङ्गीङ स्टार नेपालमा वाइल्ड कार्ड इन्ट्री बाट पुनः छनौट भएका योगेन्द्रले जजहरुको मन जित्नुका साथै दर्शकहरुबाट पनि प्रशंसा बटुलेका छन् ।

    यतीबेला योगेन्द्रको चर्चा जताततै भइरहेको छ । आफ्नो प्रस्तुती पछी प्रतिक्रया दिने क्रममा निर्णायक अर्जुन पोख्रेलले गितको एक टुक्का पुनः गाउन अनुरोध गर्नुभयो । उहाँले आफ्नो श्रीमती रिसाए योगेन्द्रको गित पठाएर फकाउने प्रतिक्रिया दिनुभएको छ । योगेन्द्रको गायीकीको प्रशंसा गर्दै नेपाली गित संगितले मखमली आवाज भेट्टाएको उहाँले प्रतिक्रिया दिनुभयो ।

    “पखाइमा भिज्यो सिरानी” बोल गित गाएका योगेन्द्रको प्रशंसा गर्दै निर्णयक तृसला गुरुङले गायक राजु लामाको गित सबैले गाउन नसक्ने बताउनुभयो । केही ठाउँमा भएको राम्रोपन योगेन्द्रको गायीकीमा राम्रो पक्ष भएको उहाँले बताउनुभयो । उहाँले दर्शकहरुलाई समेत योगेन्द्रलाई भोट गर्न आग्रह गर्नुभयो ।

    यस्तै कार्यक्रमका निर्णायक सनुप पौडेलले अडिसन राउण्डमा मन पराएको आवाज बाहिरीएर पुनः आएको देख्दा खुशी ब्यक्त गर्नुभयो । योगेन्द्रले गाएको गितले एउटा फमबाट अर्को फममा पुराएको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

    डिजिटल अडीसन हुदै फिजिकल अडीसन बाट बाहिरीएका योगेन्द्रले वाइल्ड कार्ड इन्ट्रीबाट आफ्नो प्रस्तुती देखाउने मौका पाउँदा कुनै कसर बाँकी नराखेको बताएका छन् । उनले भोटीङ राउण्ड खुल्ला भैसकेको बताउदै भोट गर्न ब्दभलतयश एपमा गएर भोट गर्न सबैलाई आग्रह गरेका छन् ।

    download.jpg

     

    प्रकाशित मिति :चैत्र १८ २०८१ सोमवार - १०:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij