Logo

२०८३ बैशाख १२ गते शनिवार

२०८३ बैशाख १२ गते शनिवार

कतारले दियो १८ नेपालीलाई आममाफी

कतारले दियो १८ नेपालीलाई आममाफी


  • 2.5K
    Shares

    कतारले दियो १८ नेपालीलाई आममाफी

    काठमाडौं ।  कतार सरकारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ।

    कतार सरकारले रमदान र इदको अवसरमा १८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरू अहिले विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका छन्।

    माफी पाउनेको विवरण भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ।

    ‘नेपाल र कतार राज्यबीचको द्विपक्षीय सम्बन्धमा सौहार्दताको प्रतीकको रूपमा मानवीय आधारमा क्षमादानको यस प्रकारको कार्यलाई मन्त्रालयले उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।

    कतारको दोहास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको अनुरोधपछि आममाफीको निर्णय भएको मन्त्रालयले जनाएको छ।

    qatar-amnesty.jpg

    images
    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १५:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij