Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने

त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने


  • 1.4K
    Shares

    • images
    त्रिभुवन विमानस्थल मंगलबारदेखि १८ घण्टा खुल्ने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    गएको कात्तिक २३ गतेदेखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

    “रातिको काम लगभग सकिएको छ । मंगलबारदेखि १८ घण्टा सञ्चालन हुन्छ,” भुलले भने, “बाँकी काम बन्द नगरी पनि गर्न सकिन्छ ।”

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १५:५२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij