Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रवि लामिछाने साढे पाँच महिनामा फर्किए पार्टीको जिम्मेवारीमा

रवि लामिछाने साढे पाँच महिनामा फर्किए पार्टीको जिम्मेवारीमा


  • 1.6K
    Shares

    • images
    रवि लामिछाने साढे पाँच महिनामा  फर्किए पार्टीको जिम्मेवारीमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । सहकारी ठगीको आरोपमा चारवटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका रवि कात्तिक २ गते पक्राउ परेका थिए ।

    पुस ८ गते बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको थियो । 

    सोमबार दिउँसो केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने केन्द्रीय समितिको विशेष बैठकपछि दोस्रो बैठकको नेतृत्व रविलाई सभापति बनाउने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।  ‘भोलि केन्द्रीय समितिको विशेष बैठक बस्छ । पहिलो बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले धन्यवाद ज्ञापन गर्नुहुन्छ ।

    दोस्रो बैठक रविजीको सभापतित्वमा बस्छ । बैठकको एजेण्डा उहाँले नै पेस गर्नुहुन्छ । राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डा छैन’, रातोपाटीसँग उनले भने । 

    रवि पक्राउ परेपछि मंसिर १० गते महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकको सभापतित्व उपसभापति अर्यालले गरेका थिए । शनिबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।   

     

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १३:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij