Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

जवान र स्वस्थ राख्ने आयुर्वेदका यस्तो नियम

जवान र स्वस्थ राख्ने आयुर्वेदका यस्तो नियम


  • 1.6K
    Shares

    जवान र स्वस्थ राख्ने आयुर्वेदका यस्तो   नियम
    images

    काठमाडौं । आयुर्वेदमा यस्ता पाँच नियम छन् जसले जीवन स्वस्थ तरिकाले बिताउन सिकाउँछ । शरीरलाई रोगबाट टाढा राख्छ ।

    बिहान छिटो उठ्ने
    आयुर्वेदमा ब्रम्ह मुहुर्तमा उठ्न सल्लाह दिइएको छ । जो सूर्यादयभन्दा ४५ मिनेट अघिको समयलाई मानिन्छ । यो समय ओछ्यानबाट उठेमा शरीरमा नयाँ ताजा उर्जा संचार हुन्छ ।

    ताजा पाकेको खानेकुरा खाने
    ब्रेड, बिस्कुट जस्ता प्याकेट बन्द होइन, ताजा खानेकुराले मेटाबोलिजमलाई सन्तुलनमा राख्छ । ताजा खानेकुराले खराब वायुलाई पनि बाहिर निकाल्छ । जबकी, प्रशोधित खानेकुरा र जंक फुड बढी खाँदा छिटो बुढेसकालको लक्षण देखा पर्छ ।

    पाकेको र काँचो खानेकुरालाई एकसाथ नमिलाउने
    आयुर्वेदका अनुसार काँचो र पाकेको खानेकुरा एकैपटक मिसाउँदा पाचनक्रियाको सन्तुलन बिग्रिन्छ । पाचनतन्त्रलाई पाकेको खानेकुरा टुक्राउन सहज हुन्छ । किनकि, पाचनरस सक्रिय रहन्छ । यसकारण सलाद, फल र पाकेको खानेकुराबीच अन्तर राख्नुपर्छ ।

    खाली पेटमा चिया र कफी नपिउने
    खाली पेटमा कफी पिउँदा शरीरलाई हानि हुन्छ । यदि पाचनतन्त्र अति अम्लीय छ भने कफी हाल्नु भनेको सिधै पेटमा एसिड हालेको जत्तिकै हुन्छ । खाजासँग पनि भुलेर पनि कफी खानु हुँदैन ।

    दिनमा तीनपटक खाने
    भोजनको पनि नियम हुन्छ । खानेकुरा खाएको तीन घण्टाबीचमा खानेकुरा खानुहुँदैन । ३ घन्टा पनि नकुरी खानेकुरा भारी खाँदा अपचको समस्या हुनसक्छ । दिनमा तीनपटक खानु पेट र स्वास्थ्यका लागि आदर्श मानिन्छ ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १०:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij