२०८२ फाल्गुण ३० गते शनिवार
दाङ । तुलसीपुर उपमहानगरपालिका-६ की २० वर्षीया युवतीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीका अनुसार ती युवतीको बाँकेको भेरी अस्पतालमा उपचाररत क्रममा सोमबार बिहान साढे १० बजे मृत्यु भएको हो । उनलाई गत चैत ३० मा कोरोना पुष्टि भएको थियो । उनको शव दाङ ल्याउने तयारी भएको फोकल पर्सन केसीले जानकारी दिए ।
त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको गरिएको पिसिआर परीक्षणमा तुलसीपुरका विभिन्न वडाका १६ जनामा कोरोना पुष्टि भएको केसीले जनाकारी दिए ।
संक्रमितमध्ये एक जना भारतबाट आएका र बाँकी तुलसीपुरका सरकारी तथा निजी विद्यालयका शिक्षकहरू रहेको बताइएको छ। पछिल्लो समयमा तुलसीपुरमा ६५ जना सक्रिय संक्रमित रहेको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको कोभिड फोकल पर्सन केसीले बताए। उनीहरूको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी र बाँकेको भेरी अस्पतालमा उपचारर्थ रहेको छ। तुलसीपुरमा कोरोना संक्रमणका कारण हाल सम्म २५ जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij