२०८२ भाद्र २ गते सोमवार
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकारको आव्हान गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले संयुक्त राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीज्यूबाट कम्युनिष्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरु निरन्तर अगाडि बढाइ रहेकोले उक्त कदमको समर्थन गर्दै सरकारमा रहिरहन हाम्रो विचार, दृष्टिकोण र नैतिकताका हिसाबले नमिल्ने हुँदा आजको मितिदेखि प्रदेश सरकारबाट राजीनामा दिएको व्यहोरो अवगत गराउँदछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij