२०८२ फाल्गुण ३० गते शनिवार
बझाङ । बझाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
तल्कोट गाउँपालिका वडा नम्बर १ रैसेल्लीका २० वर्षका राजु तामाङ र जाजरकोटका ४० वर्षका खडक पुनको गएराति भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताउनुभयो ।
दुवै जना तल्कोट गाउँपालिका वडा नम्बर १ मा पर्ने ओखरे भीरबाट झण्डै दुई सय ५० मिटर तल खसेका हुन् । उनीहरु गएको शुक्रवार घरबाट सुर्मा गाउँपालिकाको धानसेरी भन्ने ठाउँ जान भन्दै हिँडेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij