Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर

झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर


  • 1.8K
    Shares

    • images
    झापामा महिला मृत भेटिइन्, श्रीमान्‌को अवस्था पनि गम्भीर

    काठमाडौं । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ कनकाई नगरपालिका–५ बस्दै आएकी ४० वर्षीय मनिषा मग्रान्ती मृत अवस्थामा भेटिएकी हुन् । त्यहाँ खुकुरी प्रहार भएको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) राधाकृष्ण दाहाल नेतृत्वको टोली पुगेको थियो ।

    त्यसक्रममा उनका श्रीमान् अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की पनि घाँटीमा चोट लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तत्काल घटनास्थललाई सुरक्षित गरेर थप जाँचका लागि उनलाई अस्पताल पठाइएको थियो ।

    प्रहरीका अनुसार, मग्रान्ती सलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने पछि पासो खोलेको जस्तो देखिएको भनिएको छ । प्रहरीले ‘धारिलो हतियार प्रहार भएको नदेखिएको’ भनेको छ भने श्रीमान्‌को घाँटीमा धारिलो हतियार रेटिएको फेला परेको भनिएको छ । घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १४:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij