Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कलंकी ग्याङफाइट : ३ जनाको उपचार जारी, हत्या आरोपमा १५ जना पक्राउ

कलंकी ग्याङफाइट : ३ जनाको उपचार जारी, हत्या आरोपमा १५ जना पक्राउ


  • 1.0K
    Shares

    • images
    कलंकी ग्याङफाइट : ३ जनाको उपचार जारी, हत्या आरोपमा १५ जना पक्राउ

    काठमाडौं । सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ ।

    ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएकाहरुल मध्ये हत्यामा क-कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    ‘नियन्त्रणमा रहेका मध्येहरुबाट स्क्रिनिङ गरेपछि बल्ल कसको संलग्नता रहेछ भन्ने थाहा हुन्छ । अनिमात्रै हामी साजर्वजनिक गर्छौ’, एसपी बोहोराले भने ।

    ग्याङफाइटमा परेर काठमाडौं ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।

    सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो । प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, बिनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

    झडपममा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका-१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले बताए ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १३:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij