Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त


  • 1.4K
    Shares

    • images
    नेप्सेको सीईओमा नारद लुईंटेल नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो ।

    लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् । विभिन्न सरकारी तथा गैरसरकारी नियकामा नेतृत्व तहमा रहेर काम गरेको अनुभव उनीसँग छ ।

    उनी पछिल्लोपटक पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (चार वर्ष) नेतृत्व गरेका थिए ।

    उनी लामो समयसम्म पर्यटन व्यवसाय र अध्यापनमा समेत संलग्न थिए ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - २१:४१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij