२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्वविय) निर्वाचनको नयाँ मिति तय भएको छ। विद्यार्थी संगठनहरूको विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन।
आज सोमबार निर्वाचन अधिकृत अंगदमणि गौतमले सार्वजनिक गरेको सूचनामा चैत १३ गते स्ववियुको निर्वाचन हुने उल्लेख छ।
यसअघि विद्यार्थी संगठनहरूको विवादका कारण क्याम्पसको मूल गेट र क्याम्पस प्रमुखसहितको कार्यकक्षमा ताला लगाएपछि स्थगित गरिएको थियो। सूचनाअनुसार चैत १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij