Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अड्विर राई हत्या प्रकरण : जन्मकैद माग गर्दै सहचालकविरुद्ध मुद्दा दर्ता

अड्विर राई हत्या प्रकरण : जन्मकैद माग गर्दै सहचालकविरुद्ध मुद्दा दर्ता


  • 1.3K
    Shares

    • images
    अड्विर राई हत्या प्रकरण : जन्मकैद माग गर्दै सहचालकविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । शिवरात्रिमा गाँजा विवादमा मारिएका ५० वर्षीय अड्विर राईको हत्या प्रकरणमा पक्राउ परेका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ ।

    दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी घर भएका २९ वर्षीय सहचालक विराट ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

    उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ को ज्यान मार्न नहुने कसुरमा मुद्दा दर्ता भएको छ । उक्त दफाको कसुर गरेमा जन्मकैदको सजाय हुने व्यवस्था छ ।

    उनको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासमा परेको छ । अहिले बयानको काम भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिह गर्ने मध्ये एक आदेश आउनेछ ।

    शिवरात्रिको पूर्वसन्ध्यामा गाँजा खरिद र बिक्री सम्बन्धी विवादमा राईको हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा ठकुरीलाई पक्राउ गरेको थियो ।

    ठकुरी बा४ख ५९९३ नम्बरको गाडीमा सह–चालकका रुपमा काम गर्दै आएका थिए । उनले ढुंगाले हानेर हत्या गरेको पाइएको थियो । शिवरात्रिको पूर्वसन्ध्यामा सार्वजनिक बसका सह–चालक शाहीले गाँजा खरिद गर्न चाबहिलतिर निस्किएका थिए । त्यहाँ उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका राईलाई भेटेका थिए ।

    ‘राईले गाँजा बेचेको थाहा पाएपछि उनी किन्न गएका थिए, त्यसक्रममा पोकाको ५ सय रुपैयाँ दिने गरी किनबेच सहमति भएको रहेछ,’ ती अधिकृतले भने, ‘तर, पोका लिएर गएपछि उनले ५ हजार मागेको भन्ने पक्राउ परेका ठकुरीको बयान छ ।’

    त्यति पैसा नदिए प्रहरीलाई खबर गर्ने, आफ्नो समुदायका व्यक्ति समेत बोलाउने भनेपछि उनी त्यहाँबाट निस्किएका थिए । त्यसक्रममा राई आफूलाई पछ्याउँदै हिँडेको उनले बयानमा भनेका छन् ।

    ‘पछ्याउन नछाड्ने अनि उल्टै धम्क्याएपछि धोबीखोला करिडोर नजिक ढुंगाले हानेर हत्या गरेको उनको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १२:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij