Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बालबालिकालाई मोबाइलको लतबाट छुटाउन यी टिप्स प्रयोग गर्नुहोस् !

बालबालिकालाई मोबाइलको लतबाट छुटाउन यी टिप्स प्रयोग गर्नुहोस् !


  • 1.3K
    Shares

    बालबालिकालाई मोबाइलको लतबाट छुटाउन यी टिप्स प्रयोग गर्नुहोस् !
    images

    काठमाडौं । आजकाल बालबालिले धेरै समय मोबाइलमा बिताएको पाइन्छ । अभिभावकको लागि पनि बालबालिकालाई भुल्याउने गतिलो माध्यम बनेको छ, मोबाइल ।

    आफू पनि मोबाइलमा ब्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने धेरै अभिभावकहरु छन् ।  जसले गर्दा बिस्तारै मोबाइल खेलाउने बालबालिकामा तल बस्न थाल्छ  । अनि बालबालिका मोबाइल बिना केही पनि गर्न मान्दैनन् । 

    मोबाइलले चलाउनाले बालबालिकाको मानसिक तथा शारीरिक विकासदेखि धेरै कुरामा असर परिरहेको हुन्छ । यो कुराको बारेमा अभिभावकले ध्यानदिनु जरुरी छ । मोबाइल चलाउँदा बालबालिकाको स्वास्थ्यमा पर्ने असरको बारेमा बालस्वास्थ्य विशेषज्ञ सुरक्षा सुवेदीले जनाकारी गराएकी छिन्ः  

    मोबाइल चलाउनु पनि एकखालको नसा 
    मोबाइल चलाउनु पनि एकप्रसारको नसा हो । जसरी नसालु पदार्थ सेवन गर्दा शरीरमा विभिन्न खालको असर देखिन्छ मोबाईल चलाउदा पनि बालबालिकाको शरीरमा त्यस्तै असर देखिन्छ ।   

    सुरुमा मोबाइल चलाउदा मस्तिस्कले केमिकल रिलिज गर्दा खुशी बनाउने खालको हर्मोन बनाइदिन्छ । जसले गर्दा सुरुवातको समयमा मोबाइल चलाउदा खुशी हुन्छन् बालबालिका । तर लगातार मोबाईल हेर्दा ब्रेन सुस्त हुर्दै जान्छ । 

    मोबाइल चलाउने नसा लागेको बालबालिकामा विभिन्न नकारात्मक असरहरु देखिन थाल्छ । मोबाइलको समस्या सानोदेखि ठूला व्यक्तिहरुमा पनि भइरहेको हुन्छ ।

    मानसिक समस्या 

    साना बालबालिकाको हकमा कुरा गर्ने हो भने उनीहरुलाई भुलाउनको लागि अभिभावकले मोबाइल दिने गरेको पाइन्छ । काम गर्नको लागि पनि बालबालिकालाई मोबाईल दिने र आफू काममा लाग्ने अभिभावकहरु धेरै भेटिन्छन् । जति सानो उमेरमा मोबाइल चलायो त्यतिधेरै असर भइरहेको हुन्छ । 

    निरन्तर मोबाइल हेरिरहदा आँखाको मसल थाक्ने, आँखु आउने, राम्रोसँग हेर्न नसक्ने, चिलाउने जस्ता समस्याहरु आउँछन् ।

     लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडिसनले आँखालाई अन्धो बनाउन पनि सक्छ । आँखामा मात्रै होइन ब्रेनमा पनि असर गर्छ । जसले गर्दा आँखा धमिलो हुँदै जाने , आँखा चिलाउने, आँखा वरिपरिको मासुहरु थाक्ने, आँखा हेर्न नसक्ने निन्द्रा लाग्ने जस्ता विभिन्न समस्याहरु आउँछन् ।

    विस्तारै बालबालिकाको ब्रनेलाई सुस्त बनाइदिन्छ । जसले गर्दा बालबालिकाको अध्ययनमा समस्या देखिन्छ । यसरी धेरै मोबाईल हेर्ने बानी भएको बालबालिकामा डिप्रेशनसम्म हुनसक्ने सम्भावना हुन्छ । ठूला बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाइलले गर्दा एक्लै बस्ने, आफ्नो परिवारको सदस्यसंग कुरा नगर्ने जस्ता समस्याहरु लामो समयसम्म देखिन्छ ।

    शारीरिक समस्या
    बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको  मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ ।

    मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदै जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ  । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन ।

    बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।

    एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ । जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ । 

    यसरी छुटाउन सकिन्छ 
    तल बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ । अन्य नसा जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् । मोबाइलको लत बसको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्छ  ।

    मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो हुन्छ । यदी तपाईँको बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् । 

    एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र  खेल्ने गर्न थाल्छन् भने  शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ । 

    मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ ।  यस्तै अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ ।  

     कुरा बुझ्न सक्ने बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरणसहित बुझाएर लत हटाउन सकिन्छ ।

    विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबालिकालाई मोबाइलमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ ।  
     

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - ११:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij