Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

मलेसियाबाट एकैपटक निकालिए २६ जना नेपाली

मलेसियाबाट एकैपटक निकालिए २६ जना नेपाली


  • 1.9K
    Shares

    मलेसियाबाट एकैपटक निकालिए २६ जना नेपाली

    काठमाडौं । वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाको अध्यागमनले एकैपटक २६ जना नेपालीलाई निष्कासन गरेको छ। गत साता उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो।

    निष्कासनमा पर्नेमा सरदार, साह, राउत, श्रेष्ठ, कार्की, विक, सुडी, सहनी, बटार, राई, सहनी, शेर्पा, केसी थरी रहेका छन्। त्यस्तै घर्तीमगर, लोहार, सहनी, थारु, राना मगर, तामाङ, सदा, यादव, विश्वकर्मा, सहनी, राई, सरदार र बुढा थरीका व्यक्तिहरूलाई निष्कासन गरिएको परराष्ट्रका एक अधिकारीले बताए। उनले भने, "मलेसियाको अध्यागमनले एकैपटक ठूलो संख्यामा नेपालीहरूलाई डीपोर्ट गरेको छ। डीपोर्ट हुनेहरूमा कसैको राहदानी नभएको त कोही गैरकानुनी तरिकाले लुकीछिपी बस्दै आएका रहेछन्"

    मलेसियाले यसअघि अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विष्ट, यादव र केसी थरी एक(एक जना रहेका थिए।

    images
    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - ०६:४७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij