Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ : महासचिव देव गुरुङ

देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ : महासचिव देव गुरुङ


  • 1.7K
    Shares

    • images
    देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ : महासचिव देव गुरुङ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको बताएका छन्। 

    तमु मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षड्यन्त्र भइरहेको बताएका हुन्। 

    'प्रतिगामी शक्तिहरूले उचाल्ने, पर्छाने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन्। अब देशमा गणतन्त्रको विकल्प छैन', महासचिव गुरुङले भने, 'यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ।’

    उनले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे। 

    मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए।

    'सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको छ। त्यो वातावरण बन्दैछु' उनले भने। 

    WhatsApp Image 2025-03-22 at 19.54.52_419be118.jpg

    प्रकाशित मिति :चैत्र ९ २०८१ शनिवार - १९:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij