Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

१५ वर्षीय किशोरसँगको सम्बन्ध स्वीकार्दै आइसल्यान्डकी मन्त्रीले दिइन् राजीनामा

१५ वर्षीय किशोरसँगको सम्बन्ध स्वीकार्दै आइसल्यान्डकी मन्त्रीले दिइन् राजीनामा


  • 1.5K
    Shares

    १५ वर्षीय किशोरसँगको सम्बन्ध स्वीकार्दै आइसल्यान्डकी मन्त्रीले दिइन् राजीनामा

    आइसल्यान्डकी बाल विकासमन्त्रीले ३० वर्षअघि एक किशोरसँग सम्बन्ध रहेको स्वीकार गर्दै पदबाट राजीनामा दिएकी छन्।

    मन्त्री आस्थिल्डुर लोआ थोर्सडोटिरले मिडिया अन्तर्वार्तामा आफू २२ वर्षको हुँदा १५ वर्षको किशोरसँग सम्बन्ध भएको स्वीकार गरेकी हुन्। उनका अनुसार उनी त्यतिबेला एउटा धार्मिक समूहमा सल्लाहकारका रूपमा काम गर्थिन्, जहाँ ती किशोर आउने गर्थे।

    यस क्रममा उनीसँग आफ्नो शारीरिक सम्बन्ध भएको र यस क्रममा आफू २३ र किशोर १६ वर्षको हुँदा बच्चासमेत जन्मिएको उनले बताएकी छन्। 

    ‘यो ३६ वर्ष पुरानो कुरा हो, यसबीच धेरै परिवर्तन भइसकेका छन्’, आस्थिल्डुरले मिडियासँग भनेकी छन्, ‘यदि यो अवस्था आज भएको भए म यसलाई पूर्ण रूपमा फरक तरिकाले सम्हाल्थेँ।’ आइसल्यान्डकी प्रधानमन्त्री क्रिस्ट्रुना मोल फ्रोस्टाडोटिरले मिडियासँग यो धेरै गम्भीर विषय भएको बताइन्। तर यस विषयमा सर्वसाधारण जति जानकारी छ, आफूलाई पनि त्यति मात्र भएको दाबी गरिन्।

    उनले भनिन्, ‘यो एकदमै व्यक्तिगत मामिला हो र सम्बन्धित व्यक्तिको सम्मान गर्दै म यसमा टिप्पणी गर्दिनँ।’ आइसल्यान्डको भिसिर अखबारका अनुसार, "आइसल्याण्डकी प्रधानमन्त्री क्रिस्ट्रुनाले बिहीबार राति समाचारको पुष्टि भएको बताइन्।"

    यसपछि उनले तुरुन्तै बाल विकास मामिला मन्त्रीलाई आफ्नो कार्यालयमा बोलाइन् र यसपछि मन्त्रीले राजीनामा दिइन्। 

    प्रकाशित मिति :चैत्र ९ २०८१ शनिवार - ०८:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij