Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फलोअप

महायज्ञ प्रकरण: गृह मन्त्रालय तानिए सिराहाका सीडीओ

महायज्ञ प्रकरण: गृह मन्त्रालय तानिए सिराहाका सीडीओ


  • 869
    Shares

    • images
    महायज्ञ प्रकरण: गृह मन्त्रालय तानिए सिराहाका सीडीओ

    काठमाडौं । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । उनलाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

    महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् । 

    औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ । 

    महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ । 

    बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

    यो समाचार प्रकाशन भएपछि पीडित परिवारलाई गाउँपालिका अध्यक्ष शिवजी र जनमतका नेता दिलिपका समर्थकले धाकधम्की दिन थालेको समेत पाइएको छ । 

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १२:१०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij