Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईईमा चिट चोराउने स्मार्ट तरिका, समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक

एसईईमा चिट चोराउने स्मार्ट तरिका, समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक


  • 1.1K
    Shares

    • images
    एसईईमा चिट चोराउने स्मार्ट तरिका, समातिए ‘साथी’ ग्रुपका २ निरीक्षक

    काठमाडौं । यस वर्षको एसईई परीक्षामा पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिएको थियो । तर आज डिजिटल माध्यमबाट समेत चिट चोर्नेरचोराउने गरेको खुलासा भएको छ ।

    ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् । उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

    ह्वाट्सएपमार्फत् कसरी चोराइयो चिट ?

    एसईई परीक्षाको अनुगमनका लागि हिजो जस्तै आज बिहान पनि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी परीक्षा सेन्टरहरुमा पुगेका थिए ।

    कलैयाको पन्नादेवी कन्या मावि सेन्टरमा ह्वाट्सएपमार्फत् चिट चोर्नेरचोराउने गरेको सूचना पाएपछि निगरानी बढाइएको थियो । त्यहीक्रममा निरीक्षक रञ्जु कुमारी र रनिङ गार्ड शौरभ रंगेहात पक्राउ परे ।

    प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले अनलाइनखबरसँग भने, ‘उनीहरुले आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।’

    आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।

    ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसईई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ ।

    ‘एसईई परीक्षामा डिजिटल माध्यमबाट चिट चोर्नेरचोराउने गरेको पाइयो,’ प्रजिअ अधिकारीले भने, ‘अन्य ठाउँमा पनि यस्तो हुनसक्ने भएकाले निगरानी बढाउनुपर्ने भएको छ ।’

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १०:५०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij