Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बस दुर्घटना, सात जना गम्भीर घाइते

बस दुर्घटना, सात जना गम्भीर घाइते


  • 4.9K
    Shares

    बस दुर्घटना, सात जना गम्भीर घाइते

    सुर्खेत । काठमाडौंदेखि दैलेख जाँदै गरेको बस दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकास्थित गाईबान्नामा दुर्घटना भएको हो ।

    बस दुर्घटनामा ७ जना गम्भिर घाइते भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

    बस दुर्घटनाको सूचना पाएपछि उद्धारका लागि प्रहरी टोली दुर्घटना स्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।

    ब्रेक फेल भएर बस दुर्घटनामा परेको श्रेष्ठले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

    प्रकाशित मिति :बैशाख ५ २०७८ आइतवार - १६:३९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij